१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ट्रक जुध्दा दुवै चालकको मृत्यु

नारायण शर्मा

नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीमा दुईवटा ट्रक जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते छन् । 

ट्रक जुध्दा दुवै चालकको मृत्यु

इलाका प्रहरी कार्यालय रजहरका अनुसार सोमबार राति साढे १२ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा पोखराका खिमबहादुर विक र मकवानपुरका राजकुमार न्यौपाने छन् । उनीहरूको डन्डास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको हो ।

सहचालक विश्वास साही र घनश्याम खड्का घाइते भएका छन् । उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

विपरीत दिशाबाट आउँदै गरेका ना३ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक जुधेका हुन् ।


प्रकाशित : फाल्गुन १८, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?