१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हाडनातामा करणी गरेको आरोपमा पक्राउ

आश गुरुङ

लमजुङ — बहिनी पर्ने बालिकालाई करणी गरेको आरोपमा लमजुङ प्रहरीले एक किशोरलाई पक्रेको छ । बेंसीसहर नगरपालिका ३ मा बसोबास गर्दै आएका १९ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

हाडनातामा करणी गरेको आरोपमा पक्राउ

१२ वर्षीया बालिकालाई करणीको आरोपमा ती किशोरलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार राति ती किशोरलाई पक्राउ गरी बिहीबार लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको डीएसपी गंगाबहादुर थापाले बताए ।

जिल्ला अस्पताल लमजुङमा सरकारी डाक्टर अहिले नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले जबर्जस्ती करणीमा परेका महिलाको स्वास्थ्य जाँचका लागि तालिम नलिएको भनेपछि तनहुँको दमौलीस्थित जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीका अनुसार पछिल्लो समय फागुन १ गते बालिका र किशोरीबीच सम्पर्क भएको र त्यसअघि माघमा पटक–पटक सम्पर्क भएको भन्दै उजुरी परेको थियो । पढ्न साथै टिकटक बनाउन भनी बालिका प्राय:किशोरको घरमा आउजाउ गर्दै आएकी थिइन् । घरमा कोही नभएको मौकामा किशोरले हाडनाताले बहिनी पर्ने बालिकालाई पटक–पटक करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धान गरी किशोरविरुद्ध जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?