१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बुबाको हत्या आरोपमा छोरा पक्राउ

दीपक परियार

पोखरा — आफ्नै बुबाको हत्या गरेको आरोपमा पोखरा–३२ महकुनाबाट ३४ वर्षीय रामकृष्ण कामी सोमबार पक्राउ परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका पाउँदुरकोट घर भइ महकुना बस्ने ५८ वर्षीय जुमबहादुर कामीको हत्या आरोपमा उनका छोरा पक्राउ परेका हुन् ।

बुबाको हत्या आरोपमा छोरा पक्राउ

जिल्ला प्रहरी प्रवक्ता सुवास हमालका अनुसार सोमबार जुमबहादुरको भर्‍याङबाट लडेर मृत्यु भएको जानकारी प्रहरीले पायो । उक्त जानकारी पाएपछि इलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट प्रहरी अधिकृत समेतको अनुसन्धान टोली खटियो ।

अनुसन्धानका क्रममा आइतबार राति बाबु छोराको झगडा हुँदा रामकृष्णले ढोकामा लगाउने गरालोले हानेर बुबाको हत्या गरेको खुल्यो । प्रहरीले घटनास्थलबाट रगत लतपतिएको गरालो बरामद गरेको छ ।

आरोपीलाई कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट १० दिन म्याद थप गरी हिरासतमा राखिएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?