विद्यालयको गेटले च्याप्दा छात्राको मृत्यु- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयको गेटले च्याप्दा छात्राको मृत्यु

नारायण शर्मा

नवलपरासी — कावासोती नगरपालिका–५ स्थित कालिका माविको गेटमा च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्ला प्रहरीका डिएसपी दिलिप गिरीका अनुसार मंगलबार विद्यालयमा गेट पल्टिएर च्याप्दा कक्षा ३ मा पढ्ने ९ वर्षकी गमित्रा सिंजालीको घटनास्थलमै मृत्यु भएको हो ।

अर्का छात्र किस्मत ढकाल सामान्य घाइते भएका छन् । स्कुलको गेट जिर्ण रहेका कारण पल्टिएको प्रहरीको भनाइ छ । गेट के कारणले पल्टिएको हो भन्ने बारेमा प्रहरीले बिस्तृत अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभा विघटनको विरोधमा आदिवासी जनजाति महासंघको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा राजधानीमा नेकपाका दाहाल-नेपाल निकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ । ओली सरकारको असंवैधानिक र प्रतिगामी कदमकोविरुद्ध दाहाल-नेपाल समूह निकट अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले संयुक्तरुपमा मंगलबार प्रदर्शन गरेका हुन् । शान्ति बाटिकाबाट सुरु भएको प्रदर्शन भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुरमा कोण सभामा परिणत भएको थियो ।


प्रकाशित : फाल्गुन ११, २०७७ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×