कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारपाकमा एकै परिवारका तीन जना मृत भेटिए

हरिराम उप्रेती

गोरखा — गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना सुतेकै ठाउँमा मृत भेटिएका छन् ।

बारपाकमा एकै परिवारका तीन जना मृत भेटिए

सोमबार बिहान ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

‘बिहान अबेरसम्म टिलबहादुरको घरमा चहलपहल नभएपछि स्थानीय गएर हेरेछन्, उहाँहरु तीनै जना सुतेकै ठाउँमा मृत अवस्थामा भेटिनुभयो,’ एसपी गुरुङले भने । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

अहिले घटनास्थलमा बारपाक प्रहरी चौकीबाट प्रहरी पुगेको छ । इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन १०, २०७७ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?