१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कावासोतीबाट १६ जुवाडे पक्राउ

नारायण शर्मा

नवलपरासी — जुवा खेल्दै गरेका १६ जनालाई प्रहरीले कावासोतीबाट पक्राउ गरेको छ । डिएसपी दिलीपकुमार गिरीका अनुसार कावासोती नगरपालिका ४ हसौरास्थित एकघरबाट शनिबार साँझ उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुबाट ४७ हजार ४ सय ५५ नगद बरामद भएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डीएसपी गिरीले बताए ।

प्रहरीले घर घेरेको जानकारी पाएपछि भाग्न खोज्दा स्थानीय टेकबहादुर मगर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।


प्रकाशित : फाल्गुन ८, २०७७ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?