वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ ।

वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण

एक कार्यक्रमबीच प्रदेश प्रमुख शेरचनलाई आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रतिवेदनबारे जानकारी दिँदै हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन ग्रहण गर्दै शेरचनले गण्डकी प्रदेश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भएपनि प्रयोगमा ल्याउन नसकिएको बताए । प्राकृतिक स्रोत साधनको उत्खनन् तथा प्रयोगमा प्रदेश सरकारले चासो दिनुपर्ने बताउँदै उनले प्राकृतिक स्रोत साधन प्रयोगमा ल्याउन सकिए रोजगारी सिर्जना हुने बताएका थिए । प्रतिवेदन बुझाउँदै आयोगका सदस्य गुरुङले गण्डकी प्रदेशभित्र रहेका प्राकृतिक स्रोतसाधनको पहिचानमा आयोगले विशेष ध्यान दिएको बताए ।

संवैधानिक व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तहमा वित्त हस्तान्तरण तथा प्राकृतिक स्रोतसाधन बाँडफाँडमा आयोग अघि बढेको भन्दै उनले आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको जानकारी दिए ।


प्रकाशित : फाल्गुन ४, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?