१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

लागूऔषधसहित ६ युवा पक्राउ

नारायण शर्मा

नवलपरासी — प्रहरीले पूर्वी नवलपरासीको दुई स्थानबाट लागूऔषधसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै २० वर्षभन्दा कम उमेरका छन् । जिल्ला प्रहरीका अनुसार अरुणखोलाबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । दुम्किबासको ज्यामिरेवाट ४ जना पक्राउ परेका हुन् । 

लागूऔषधसहित ६ युवा पक्राउ

पूर्व–पश्चिम राजमार्गको अरुणखोलामा नारायणगढतर्फ मोटरसाइकलमा आउँदै गरेका रुपन्देहीको गल्लामण्डीका बिसु गुरुङ र राहुल कहार आइतबार पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित औषधि ओनेरक्स ४० बोतल फेला पारेको हो । त्यस्तै लु १ ख ७८९५ नम्बरको गाडीमा दाउन्नेबाट नारायणगढतर्फ जाँदै गरेका रामग्राम नगरपालिका १५ का ईजहार मियाका साथबाट ओनेरेक्स १४ बोतल, ओनारेक्स २६ बोतल, स्पाष्मो ८ ट्याब्लेट र नाईट्राभेट २४ ट्याब्लेट लागूऔषध बरामद गरेको छ ।

यसैगरी, लु १ ख ९२७३ को बसमा यात्रा गरेका पोखरा महानगरपालिका १२ का किशोर निशान गुरुङ, सुशान्त थोकरबाट प्रहरीले लागूऔषध डाईजापाम, नुफ्रिन र फेनेरागन १ सय ४७ एम्पुल फेला पारेको जनाएको छ ।

प्रकाशित : माघ २५, २०७७ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?