कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केपी ओली केशरजंग रायमाझीको पुनरागमन : झाँक्री

घनश्याम खड्का

म्याग्दी — नेकपा दाहाल–नेपाल समूहकी युवा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई ‘शाही कम्युनिस्ट’ केशरजंग राजमाझीको पुनरागमन भएको आरोप लगाएकी छन् ।

केपी ओली केशरजंग रायमाझीको पुनरागमन : झाँक्री

झाँक्रीले प्रधानमन्त्री ओलीलाई ‘कागजी तानाशाह’ र राष्टपति विद्यादेवी भण्डारीलाई ‘बडा महारानी’को संज्ञा दिइन् ।

नेकपा दाहाल–नेपाल समूह म्याग्दीले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्, ‘तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट अर्काको विचारमा केपी ओली अध्यक्ष निर्वाचित भएसँगै पार्टी विघटन भइ अर्को केशरजंग रायमाझी जन्मनु स्वभाविक थियो ।’

झाँक्रीले थपिन्, ‘नेकपा विघटनको दोष पूर्वएमाओवादी र दाहालको होइन, मुलत: पूर्व एमालेकै दोष हो । संगठनात्मक स्वरुप टुंगो नगरी राज्य सत्ता कब्जा गर्न निरंकुश लालसा पालेका दक्षिणपन्थ केपी ओलीको नक्कली पार्टी एकताको भड्कारोमा पार्टी एकता गरिएको हो ।’

नेतृ झाँक्रीले अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्षित गरी थपिन्, ‘प्रधानमन्त्रीको लालासामा एक छाक भात खाएर लाएको पिरतीको स्वाद बल्न देखिन थालेको छ । हाम्रा नेताले पनि बल्न स्वाद पाएका छन, अब त चेत पाएकी ?’ अर्को एक प्रसंगमा नेतृ झाँक्रीले वामदेव गौतमले आफ्ना परिवारका सदस्य, आफन्त र पूर्वसहकर्मीहरु ओलीको दैलोमा पठाएर पार्टी एकताको नौटंकी गर्दैसाथीहरुलाई फसाउन ‘पासो’ थापेर बसेको आरोप लगाइन् ।

‘पार्टी एकताको पासो थापेर सोझा र निर्दोष कार्यकर्तालाई फसाउँदै ओलीकोमा पठाउन वामदेव नाटक गरिरहेका छन् । खासमा पार्टी विघटनको अवस्थामा पुग्नुमा एउटा मुख्यपात्र वामदेव पनि हुन,’ झाँक्रीले भनिन्, ‘ओलीले नमिल्ने प्रधानमन्त्री दिने वामदेवलाई जति बेला जे चाहियो जादुको छडीले त्यही ल्याउनु पर्ने, संविधान, ऐन, कानुन, विधि र पद्धति नचाहिने । चुनाव हारेको एक महिनामै जसरी पनि सांसद् हुनु पर्ने, प्रधानमन्त्री हुनु पर्ने । हिजो ६० जना कार्यकर्ता लिएर एमाओवादी छिर्न तम्तयार भएका वामदेवले आज हामीलाई भन्छन्–कसरी प्रचण्डको कार्यकर्ता हुन सक्यौ ?’

प्रकाशित : माघ २५, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?