२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नवलपरासीको दाउन्‍नेमा मोटरसाइकल दुर्घटना, दुई जना सख्त घाइते

नारायण शर्मा

नवलपरासी — दाउन्‍नेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक महिलासहित २ जना सख्त घाइते भएका छन् । दाउन्नेका होटल संचालक बुद्ध गुरुङका अनुसार बुधबार राति सवा ८ बजे दुम्किवासबाट बुटवलतर्फ जाँदै गरेको से ६ प ८६७९ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फ जाँदै गरेको ना ३ ख ४०९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबै जनाको खुट्टा भाँचिएको छ ।

नवलपरासीको दाउन्‍नेमा मोटरसाइकल दुर्घटना, दुई जना सख्त घाइते

घाइतेहरुको पहिचान खुलेको छैन । युवकले चलाएको मोटरसाइकलमा युवती चढेकी थिइन् ।

इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार दुबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।

दाउन्ने कच्ची सडकमा धूलो उडेका कारण पानी हालेर भिजाइएकोले मोटरसाइकल चिप्लिएर पल्टिँदा बर्दघाट (पश्चिमतर्फ जाँदै गरेको) तर्फ जाँदै गरेको तीव्र गतिको ट्रकले ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनापछि केहीबेर सडक अवरुद्ध भएको थियो ।

प्रकाशित : माघ १४, २०७७ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?