१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पारस शाह गोरखा दरबारमा

हरिराम उप्रेती

गोरखा — पूर्वयुवराज पारस शाहले बुधबार गोरखा दरबार अवलोकनसँगै विशेष पूजा गरेका छन् । 

पारस शाह गोरखा दरबारमा

तत्कालीन शाहवंशीय राजाले कुलदेवताको रुपमा मान्ने गोरखा कालिका र गोरखनाथ मन्दिरमा पूजाका लागि पारस शाह गोरखा आएको उनका सल्लाहकार कृष्ण श्रेष्ठले बताए । ‘गोरखा दरबारको अवलोकन, पूजा र ग्रहशान्तिको लागि गोरखा आएका हौँ,’ उनले भने ।

गोरखा दरबार अवलोकन र पूजापछि राजतन्त्र समर्थकहरुसँग भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । शाह गोरखा आएपछि बुधबार बिहानैबाट राजसंस्थाका पक्षधरहरु गोरखा दरबारमा भेला भएका थिए ।


प्रकाशित : माघ १४, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?