कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

गण्डकी विश्‍वविद्यालयको रजिष्ट्रारमा तिमिल्सिना नियुक्त

गण्डकी — गण्डकी विश्वविद्यालयले लामो समयपछि रजिष्ट्रार पाएको छ । कुलपति प्रा.डा. गणेशमान गुरुङले एक कार्यक्रमबीच रजिष्ट्रार पदमा कैलाश तिमिल्सिनालाई नियुक्ति गरेका छन् ।

गण्डकी विश्‍वविद्यालयको रजिष्ट्रारमा तिमिल्सिना नियुक्त

रजिष्ट्रारका लागि नौ जनाले दरखास्त दिएका थिए । विश्वविद्यालयको ऐनअनुसार उपकुलपतिको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसको आधारमा तिमिल्सनालाई नियुक्ति गरिएको गण्डकी विश्वविद्यालयका प्रशासकीय प्रमुख घनश्याम पौडेलले जानकारी दिए ।

पर्वतको मोदी गाउँपालिका–२ घर भएका तिमिल्सिना विभिन्न प्राज्ञिक एवं शैक्षिक कार्यक्रममा संलग्न रहँदै आएका छन् । उनले थाइल्याण्डको माहिडुल विश्वविद्यालयबाट २०१९ मा विद्यावारिधि गरेका छन् ।

रजिष्ट्रारमा नियुक्त भएसँगै सँगै तिमिल्सिनाले गण्डकी विश्वविद्यालयका काम कारबाही तीव्र गतिमा अगाडि बढ्ने बताए । ‘रजिष्ट्रारबिना धेरै काम अधुरो हुन्छ,’ उनले भने, ‘विश्वविद्यालयमा चाहिने कुलपति, उपकुलपति र रजिष्ट्रार सबै जना भएपछि कामलाई तीव्र रुपमा बढाउन सकिन्छ । कतिपय रोकिएका काम पनि अब बिस्तारै गर्दै जाने हो ।’

प्रकाशित : माघ ९, २०७७ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?