नयाँ सरकार बन्‍ने अवस्था आए गण्डकीमा कांग्रेसले निर्णय गर्ने

पोखरा — गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलले प्रदेश सरकार फेरबदलका लागि तत्काल कुनै कदम नचाल्ने जनाएको छ ।

नयाँ सरकार बन्‍ने अवस्था आए गण्डकीमा कांग्रेसले निर्णय गर्ने

अहिले सत्तारुढ नेकपाको फुटले औपचारिकता नपाएको भन्दै कांग्रेसले तत्काल कसैले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा सहभागीता नजाउने भएको हो । यस्तै प्रतिक्रिया जनता समाजवादी पार्टीका सांसदले पनि दिएका छन् ।

‘तत्काल सरकार फेरबदलमा लाग्दा राजनीतिक अस्थिरता निम्तिन्छ,’ कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘अर्को कुरा नेकपा विभाजनले अहिलेसम्म औपचारिकता पाएको छैन । फुटले औपचारिकता नपाएसम्म हामी कुनै गतिविधिमा संलग्न हुँदैनौ ।’ कांग्रेस सांसद तथा प्रदेशसभाको सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले अहिलेकै अवस्थामा पनि गण्डकी सरकार अल्पमतमा रहेकाले मुख्यमन्त्री आफैले विश्वासको मत लिनुपर्ने अवस्था रहने र नयाँ सरकार बन्ने बेला बल्ल कांग्रेसले निर्णय गर्ने बताए ।

जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले प्रधानमन्त्री केपी ओलीको कदम संवैधानिक कु भएकाले उक्त कदमको समर्थन गर्ने समूहलाई समर्थन नगर्ने स्पष्ट पारे । ‘चुनाव हुने अवस्था छैन । चुनावमा भाग लिने दल आफै निकम्मा हुन्छन्’ उनले भने, ‘अहिलेको अवस्थामा गण्डकी सरकारलाई समर्थन गर्न सकिँदैन ।’

प्रकाशित : माघ ७, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?