कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्य हिउँदमा धम्पुस पिकको सफल आरोहण

दीपक परियार

मुुस्ताङ — मध्य हिउँदमै नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशको एक टोलीले मुस्ताङमा रहेको धम्पुुस हिमाल (६०१२ मिटर) को सफल आरोहण गरेको छ । संघको ६ जनाको टोलीले शनिबार बिहान ११ बजेर ४८ मिनेटमा थापा पिकको रुपमा समेत चिनिने उक्त हिमाल आरोहण गरेको हो ।

मध्य हिउँदमा धम्पुस पिकको सफल आरोहण

हिमाल आरोहण गर्नेमा संघका सचिव सुुदिप गौतम, कार्यसमिति सदस्य दीपेशबाबुु सुवेदी, टासी पासाङ गुरुङ र साधारण सदस्य हिराकुमारी मल्ल, मनु गुरुङ र सनकुुमार जुुगजाली रहेका छन् । गुरुङ र जुुगजाली दम्पती हुन् । गुरुङले यसअघि अन्नपूर्ण चौंथोको समेत सफल आरोहण गरिसकेकी छन् । हिमाल आरोहण गर्नेहरु व्यवसायिक ट्रेकिङ गाइड हुन् ।

आरोहण दललाई पर्वतारोहण गाइडद्वय अनुप गुरुङ र आशिष गुरुङले धम्पुस पिकमा पुुर्‍याएका थिए । यसअघि २६ जनाको टोली पुस २७ मा हिमाल आरोहणको लागि पोखराबाट मुुस्ताङ पुुगेको थियो । उक्त टोली पहिलो दिन मुस्ताङको मार्फा, दोस्रो र तेस्रो दिन याक खर्क (४२०० मिटर), चौंथो र पाँचौं दिन धम्पुस हिमाल बेस क्याम्प (५२०० मिटर) मा बास बसेको थियो । पहिले १० जना आरोही चुुचुरो पुुग्ने तय भएपनि ६ जनाले मात्रै सफल आरोहण गरेका हुन् । उक्त आरोहण दल आइतबार मार्फा फर्केको छ । स्थानीयसँगको अन्तरक्रियापछि आठौं दिन सोमबार पोखरा फर्किने छ ।


प्रारम्भिक पर्वतारोहण तालिम तथा प्रवद्र्धनात्मक आरोहण कार्यक्रम अन्तर्गत चुचुरोमा पुुगेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यक्रम संयोजक जीवनराज सापकोटाले बताए । पर्वतारोहणका गतिविधिलाई चलायमान बनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले पदयात्रा पर्यटन मात्र नभइ पर्वतीय पर्यटनलाई पनि प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । सुस्ताएको अर्थतन्त्रलाई माथि उकास्न कार्यक्रमले सहयोग पुुर्‍याउने उनले बताए ।


पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारी नेपालीलाई आफ्नै हिमालसँग परिचित बनाउन धम्पुस पिक आरोहण महत्वपूर्ण खुड्किलो भएको बताए । ‘धेरै नेपालीले अहिले पनि हिउँ छुन पाएका छैनन्, हिमाल चढ्न परै जाओस्,’ उनले भने, ‘युुरोप, अमेरिका पुुगेपछि मात्रै हिउँ खेल्न तर नजिक भएको हिमाल छुन नपाउने वातावरणको अन्त्य गर्दै आन्तरिक पर्यटनको पुनर्जागरणको लागि यो महत्वपूर्ण कार्यक्रम हो ।’ स्वास्थ्य अवस्था सामान्य भएको आम मान्छेले पनि हिमशृंखला आरोहण गर्न सक्छन् भन्ने सन्देश यो कार्यक्रमले दिएको उनले जनाए ।

प्रकाशित : माघ ४, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?