संविधानलाई सही बाटोमा ल्याउन संसद् पुन:स्थापना आवश्यक : महामन्त्री कोइराला

नारायण शर्मा

नवलपरासी — कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुन:स्थापना हुनु पर्ने बताएका छन् । संसद् विघटनविरुद्ध अदालतमा मुद्दा परिसकेको सन्दर्भमा अदालतको निर्णय कांग्रेसले स्वीकार्ने भन्दै उनले प्रधानमन्त्री ओलीले पार्टी झगडा मिलाउन नसकेर संसद् विघटन गर्नु संविधानको मर्मविपरीत भएको बताए ।

संविधानलाई सही बाटोमा ल्याउन संसद् पुन:स्थापना आवश्यक : महामन्त्री कोइराला

प्रधानमन्त्री ओलीले संविधान नै च्यातेको आरोप लगाउँदै सरकारले घोषणा गरेको निर्वाचन हुने कुरामा विश्वास नभएको उनले बताए ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शनिबार कांग्रेस देवचुलीले गरेको विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले सत्तरी वर्षको संघर्षपछि बनेको संविधानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोले संविधान रक्षा गर्न पनि कांग्रेस सडकमा आउनु परेको बताए ।

यसैबीच शनिबार पूर्वी नवलपरासीको ८ वटै पालिकामा कांग्रेसले शनिबार विरोध प्रदर्शन गरेको छ । जिल्लाको गैंडाकोट, देवचुलीको दुम्कौली, कावासोती, मध्यविन्दुको अरुणखोला, हुप्सेकोट, बुलिङ्गटार, बौदिकालीको डेढगाउँ र विनयीत्रिवेणीको सर्दिमापालिकास्तरीय विरोध प्रदर्शन गरिएको छ ।

प्रकाशित : माघ ३, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?