१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

घूस रकमसहित हवल्दार अख्तियारको नियन्त्रणमा

सम्झना रसाइली

तनहुँ — तनहुँमा एक प्रहरी हवल्दारलाई घूस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

घूस रकमसहित हवल्दार अख्तियारको नियन्त्रणमा

नियन्त्रणमा रहेका व्यक्ति छुटाइदिने भन्दै घूस लिएको अवस्थामा इलाका प्रहरी कार्यालय बेलचौताराको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

प्रहरी हवल्दार भण्डारीले विभिन्न बहाना बनाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घूस मागिरहेको सूचनाका आधारमा टोलीले नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी गराएका छन् । पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : पुस २८, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?