दाहाल पहिल्यै पार्टी फुटाउन चाहन्थे, उनमा परिवारवाद हावी भयो : मन्त्री रायमाझी

दाहाल–नेपाल पक्षका कार्यकर्ताले देखाए कालोझन्डा
नारायण शर्मा

नवलपरासी — नेकपा अध्यक्ष पुष्पकमल दाहाल समूहबाट अर्का अध्यक्ष केपी ओली समूहमा लागेका उर्जा मन्त्री टोपबहादुर रायमाझीले दाहालले पहिले नै पार्टी फुटाउन खोजेको बताएका छन् । कावासोतीमा आइतबार आयोजित अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै रायमाझीले दाहालले जुन पार्टीमा गयो त्यसैलाई विघटन गराउने प्रवृत्ति रहेको भन्दै उनले पार्टी एकता भएदेखि नै फुटाउने प्रयास गरेको बताए । 

दाहाल पहिल्यै पार्टी फुटाउन चाहन्थे, उनमा परिवारवाद हावी भयो : मन्त्री रायमाझी

‘तर, प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा आफ्नै माओवादीभित्र फुट आएको मेसो पाउनु भएन,’ उनले भने । उनले दाहालको राजनीतिमा परिवारवाद हावी भएको पनि बताए ।

आफ्नै पार्टीको सरकारले गरेका राम्रा कामको प्रचार नगरी विरोधमात्रै गरेको पनि उनले बताए । ‘प्रचण्डले सधैँ आफूलाई केन्द्रमा राखेर राजनीति गर्ने गरेको पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ,’ उनले संचारकर्मीहरुसँग भने ।


‘गद्दारहरु होसियार’ लेखिएको बेलुन उडाइयो

अगुवा भेलालाई सम्बोधन गर्न आएका मन्त्री रायमाझीलाई दाहाल–नेपाल समूहका नेकपा कार्यकर्ताले पनि स्वागत गरे तर कालो झन्डाले । उनलाई नवलपरासी पूर्वका डण्डा र थकाली चोकमा कालो झण्डा देखाइयो भने ‘असंवैधानिक कदम खारेज गर’, ‘गद्दारहरु होसियार’ लेखिएको ब्यानर पनि प्रर्दशन गरियो ।

पूर्व–पश्चिम राजमार्गका मुख्य बजारमा ‘गद्दारहरु होसियार’ लेखिएको ब्यानर बेलुनमा बाँधेर अकाशमा उडाएइको थियो ।


प्रकाशित : पुस २६, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?