कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठ, दाउरा फुकुवा माग्दै राजमार्गमा अवरोध

पूर्वी नवलपरासी — काठ, दाउराको बिक्री वितरण फुकुवाको माग गर्दै सामुदायिक वनका सरोकारवाला आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बिहीबार दिउँसो एक बजेबाट दुई बजेसम्म महेन्द्र राजमार्ग एक घण्टा अवरुद्ध गरे । सदरमुकाम कावासोतीमा वन उपभोक्ताले नारा जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

काठ, दाउरा फुकुवा माग्दै राजमार्गमा अवरोध

गत जेठमा सरकारले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै काठ, दाउरा कटान र बिक्री वितरणमा रोक लगाएको थियो । त्यही प्रतिबन्ध फुकुवा गर्न माग गर्दै वनका सरोकारवालाले विरोध गरेका हुन् ।

थकाली चोकबाट सुरु भएको विरोध जुलुस महेन्द्र राजमार्ग हुँदै डिभिजन वन कार्यालयसम्म पुगेको थियो । वनका उपभोक्ताले 'काठ दाउराको प्रतिबन्ध फुकुवा गर', 'सामुदायिक वनको संरक्षण गर' जस्ता नारा लगाएका थिए । वैज्ञानिक वन संजालका जिल्ला अध्यक्ष मधु बिलास अधिकारीले सरकारले नेपालमा काठ, दाउरामाथि प्रतिबन्ध लगाएर कमिसन खान विदेशबाट काठ आयात गरिरहेको आरोप लगाए । उनले नेपालमै प्रयाप्त काठ हुँदाहुँदै प्रतिबन्ध लगाएर विदेशबाट काठ आयात गर्दा काठ जंगलमै सडने र करोडौं राजस्व हिनामिना हुने गरेको बताए । सरोकारवालाले डिभिजन वन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । पूर्वी नवलपरासीमा ५० सामुदायिक वन उपभोक्ता समिति छन् ।

प्रकाशित : पुस १६, २०७७ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?