२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

ओली पक्षले एउटा वडा पनि जित्‍ने सम्भावना छैन : पौडेल

दीपक परियार

पोखरा — नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले चुनाव गर्ने नियतसहित प्रधानमन्त्रीले संसद विघटन नगरेको आरोप लगाएका छन् । नेकपा कास्कीको दाहाल–नेपाल पक्षले आइतबार पोखरामा गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले उक्त कुरा बताएका हुन् । 

ओली पक्षले एउटा वडा पनि जित्‍ने सम्भावना छैन : पौडेल

‘प्रतिनिधिसभा रह्यो भने आफ्ना वरिपरिका मान्छेको सपना, राजनीतिक अभिष्ट पूरा नहुने देखेर संसद विघटन भएकोले यसको विरोध गर्नुपरेको हो,’ उनले भने, ‘हामी चुनावमा जाने अवस्था आयो भने ओली पक्षले एउटा वडा पनि जित्ने सम्भावना रहँदैन ।’ प्रधानमन्त्री केपी ओलीले पञ्चायतकालका अञ्चलाधीशले जसरी पार्टी चलाउन खोजेकाले दाहाल–नेपाल एक ठाउँ उभिएको उनको भनाइ थियो ।

आफ्ना कर्तुत जोगाउन ओलीले यसअघि २० जनाभन्दा बढीलाई अध्यक्षको प्रस्ताव गरेको पौडेलले दाबी गरे । ‘वामदेवजीलाई दिएको पद संग्रह गर्ने हो भने थुप्रो बन्छ,’ उनले भने, ‘अहिले झन् पूर्वमाओवादीले नाममात्रै टिपाउने हो भने मन्त्री बन्ने अवस्था आयो ।’

स्वास्थ्यलाई कारण देखाएर लामो समय सिंहदरबार नगएका प्रधानमन्त्रीले गुटबन्दीमा भने राति १२ बजेसम्म बिताउने गरेको आरोप पौडेलले लगाए । सरकारका राम्रा काममा समर्थन गरे पनि सुशासनको क्षेत्रमा निकै कमजोर भएको उनले बताए । भने, ‘नक्सा ल्याउने बाहेक जनताको अगाडि छाती ठोकेर हाम्रो सरकारले यो–यो काम गर्‍यो भन्न सक्ने अवस्था थिएन ।’

प्रशिक्षणमा केन्द्रीय सदस्य एवं नेकपा कास्कीका इन्चार्ज राजकाजी गुरुङ, केन्द्रीय सदस्य एवं कास्की सह–इन्चार्ज चुडामणि जंगली, केन्द्रीय सदस्य सीता गिरी ओली लगायतले बोलेका थिए ।




प्रकाशित : पुस १२, २०७७ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?