१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ट्रक दुर्घटना : मृतक तीन जनाको सनाखत [अपडेट] 

नारायण शर्मा

नवलपरासी — कालीगण्डकी करिडोरमा बुधबार बिहान भिरबाट ट्रक खस्दा मृत्यु भएका ३ जनाको सनाखत भएको छ ।

ट्रक दुर्घटना : मृतक तीन जनाको सनाखत [अपडेट] 

पूर्वनवलपरासीका डिएसपी मोहन खाँणका अनुसार दुर्घटनामा चालक हेटौंडा उपमहानगरपालिका १७ हटिया बस्ने वर्ष ४५को सुरेश भुजेल, सोही ठाउँका वर्ष ३५ का बलराम श्रेष्ठ र पर्सा ठोरी गौतमनगर बस्ने वर्ष ५० का भीमबहादुर तामाङको मृत्यु भएको हो । उनका अनुसार मृतकको पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।

बुधबार बिहान गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी कोरिडोरको भोक्रेफाँट स्थानको सेतो पहराबाट ना ३ ख ५३३९ नम्बरको ट्रक करिब २ सय मिटर तल खसेको हो ।

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कंदै गर्दा दुर्घटना भएको हो ।

प्रकाशित : पुस ८, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?