३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

१५ वर्षीय किशोरद्वारा ७ वर्षीया बालिका बलात्कृत

घनश्याम खड्का

म्याग्दी — म्याग्दीको बेनी नगरपालिकाकी एक ७ वर्षीया बालिका १५ वर्षीय किशोरबाट बलात्कृत भएकी छिन् ।

बलात्कारपछि पीडाले सिकिस्त बालिकाको बेनी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा लगिएको छ । बलात्कारमा संलग्न भएका भनिएका किशोरलाई पनि प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि पोखरा पठाएको छ ।

बिहीबार दिउँसो घरमा कोही नभएको अवस्थामा ललाइफकाई घरमै बोलाएर बलात्कार गरेको र बालिका चिच्याएपछि छिमेकीले रङ्गेहात फेला पारेको प्रहरीले बताएको छ ।

‘बलात्कारका प्रमाण फेला परेका छन् । देख्नेहरु छन्,’ घट्नास्थल पुगेर फर्केका जिल्ला प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले भने, ‘पीडित बालिकाको उपचार तथा प्रमाणहरु सुरक्षित गर्न पीडकको समेत स्वास्थ्य परीक्षण पोखरामा पुर्‍याउन उपयुक्त भएकोले अस्पताल पठाएका हौं ।’

प्रकाशित : पुस ३, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?