१५ वर्षीय किशोरद्वारा ७ वर्षीया बालिका बलात्कृत- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ वर्षीय किशोरद्वारा ७ वर्षीया बालिका बलात्कृत

घनश्याम खड्का

म्याग्दी — म्याग्दीको बेनी नगरपालिकाकी एक ७ वर्षीया बालिका १५ वर्षीय किशोरबाट बलात्कृत भएकी छिन् ।

बलात्कारपछि पीडाले सिकिस्त बालिकाको बेनी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा लगिएको छ । बलात्कारमा संलग्न भएका भनिएका किशोरलाई पनि प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि पोखरा पठाएको छ ।

बिहीबार दिउँसो घरमा कोही नभएको अवस्थामा ललाइफकाई घरमै बोलाएर बलात्कार गरेको र बालिका चिच्याएपछि छिमेकीले रङ्गेहात फेला पारेको प्रहरीले बताएको छ ।

‘बलात्कारका प्रमाण फेला परेका छन् । देख्नेहरु छन्,’ घट्नास्थल पुगेर फर्केका जिल्ला प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले भने, ‘पीडित बालिकाको उपचार तथा प्रमाणहरु सुरक्षित गर्न पीडकको समेत स्वास्थ्य परीक्षण पोखरामा पुर्‍याउन उपयुक्त भएकोले अस्पताल पठाएका हौं ।’

प्रकाशित : पुस ३, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्

उच्च अदालत दिपायलद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

यसअघि जिल्ला अदालत कैलालीद्वारा तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
मोहन शाही

डोटी — टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार उक्त फैसला गरेको हो ।

२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो । सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको छ ।

यसअघि तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ । जन्मकैदको सजाय हुनेमा लक्ष्मण, रेशम, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् । सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश दिएको छ ।

त्यसैगरी संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई १० वर्ष कैदको सजाय तोकिएको छ । कैलाली जिल्ला अदालतले उनीहरूलाई ३ वर्ष जेल सजाय तोकेको थियो । उनीहरूले हातहतियारसहित टीकापुर घटनामा गएको बयान अदालतमा स्विकारेका थिए ।

घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि तीन वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको छ ।

चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा भने ३ वर्षको कैद सजायलाई नै सदर गरिएको छ । विश्राम चौधरीलाई ३ वर्ष कैद सजाय तोकेकामा उच्च अदालतले उनलाई सफाइ दिएको छ । रामनरेश चौधरी र तहावीर अलीले पनि सफाइ पाएका छन् । उनीहरूलाई जिल्ला अदालत कैलालीले समेत सफाइ दिएको थियो । करण चौधरी भने नाबालक रहेकाले ६ महिना कैद सजायलाई सदर गरेको छ ।

रेशम चौधरीका तर्फबाट अधिवक्ता शान्ता भण्डारी र सरोज बुढाथोकीले बहस गरेका थिए भने सरकारवादी भएर सरकारी वकिल कार्यालयका निमित्त प्रमुख सहन्यायाधिवक्ता टेकबहादुर थापा, सहन्यायाधिवक्ता तिलकराम लम्साल, प्रयागदत्त जोशीले बहस गरेका उच्च अदालत दिपायलकी रजिस्ट्रार सीता रेग्मीले जानकारी दिइन् ।

प्रकाशित : पुस ३, २०७७ ०६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×