२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

इराक लुकेर बसेकी महिला १३ वर्षपछि पक्राउ

आश गुरुङ

लमजुङ — एक गाउँलेको हत्या गरी इराकमा गएका एक महिलालाई लमजुङ प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान कसुर गरेर फरार दोर्दी गाउँपालिका ६ (साविक ढोडेनी गाविस ७) सिमीका ३२ वर्षीया (तत्काल १८ वर्ष) पदमी गुरुङलाई प्रहरीले माइती घरबाट पक्राउ गरेको हो । 

इराक लुकेर बसेकी महिला १३ वर्षपछि पक्राउ

२०६४ वैशाख १५ गते गाउँकै २५ वर्षीया पिचौटी गुरुङको हत्या गरेर फरार भएका पदमीविरुद्ध लमजुङ जिल्ला अदालतले ९ वर्ष ६ महिना २१ दिन सजायको फैसला सुनाएको थियो ।

डीएसपी गंगाबहादुर थापाका अनुसार हत्या गरेपछि इराक गएर बसेका उनी १ महिनाअघि मात्रै घर आएको खुलेको छ । ‘हत्याको आरोपमा मुद्दा चल्दाचल्दै कसरी इराक पुगे भन्ने अनुसन्धानको विषय होला । अदालतले फैसलाअनुसार कारागार लानुपर्ने, विस्तृत सोधपुछ गरिएन’ उनले भने । उनका अनुसार हत्यापछि पासपोर्ट बनाएर तुरुन्तै भारत गएर इराक गएको हुनसक्छ । उनका अनुसार मंगलबार राति पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याएका उनलाई जिल्ला अदालत पेस गरेकोमा अदालतले बुधबार कारागार चलान गरेको छ ।

घाँस काट्न गएको बेला सामान्य विवाद हुँदा पिचौटीलाई पदमीले ढुंगा र दाउरा प्रहार गरेको अभियोगमा अदालतले पदमीलाई कारागार चलानको फैसला सुनाएको थियो । एक महिना अगाडि मात्रै घर आएको सूचनाको आधारमा खोजतलास गरी उनलाई मंगलबार राति करिब १ बजेतिर माइतीघर सिमीगाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २४, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?