कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घूस रकमसहित कार्यालय प्रमुख पक्राउ

सम्झना रसाइली

तनहुँ — नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबुखैरेनी शाखा कार्यालयका प्रमुख कृष्णबहादुर आलेमगर घूस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार ५ हजार घूस रकमसहित कार्यकक्षबाट रङ्गेहात पक्राउ गरेको आयोगका सूचना अधिकृत मेघनाथ रिजालले बताए ।

घूस रकमसहित कार्यालय प्रमुख पक्राउ

‘सोमबार एउटा गाडीले ठक्कर दिएर आँबुखैरेनीस्थित सडक छेउको एउटा बिजुलीको पोल ढलाएको रहेछ’, अधिकृत रिजालले भने, ‘त्यही पोल मर्मतपश्चात् बिलबाहेक अतिरिक्त रकम मगरले मागेका रहेछन् । गाडीवालाले धेरै दिन नसक्ने भन्दै ५ हजार रुपैयाँ दिँदै गरेको अवस्थामा उनी समातिएका हुन् ।’

मगरलाई हाल नियन्त्रणमा लिई एक महिनाभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा मुद्दा जाहेर गर्ने उनले बताएका छन् ।

प्रकाशित : मंसिर २३, २०७७ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?