१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कांग्रेसद्वारा कावासोतीमा राँके जुलुस

नारायण शर्मा

नवलपरासी — तनहुँमा पुल उद्घाटन गर्न नदिएर आफ्ना नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भोलिपल्ट कावासोतीमा कांग्रेसले बिहीबार राँके जुलुस प्रदर्शन गरेको छ ।

कांग्रेसद्वारा कावासोतीमा राँके जुलुस

नेविसंघ, तरुण दलसहित कांग्रेस कार्यकर्ताले बिहीबार साँझ कावासोती बजारमा सरकारविरोधी नारा लगाउँदै राँके जुलुस प्रदर्शन गरेका थिए । उनीहरुले भ्रष्ट ओली सरकार राजीनामा दे, कम्युनिष्ट सरकार मुर्दावादजस्ता नारा लगाएका थिए ।

कावासोतीस्थित गणेशमान चोकबट शुरु भएको जुलुस जिल्ला प्रहरी कार्यालय हुँदै फलफूल चोकमा टुंगिएको थियो । बुधबार तनहुँको एउटा पुल उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको कार्यक्रममा सरकार सर्मथकहरुले अवरोध गरेपछि सुरक्षाको कारण भन्दै प्रहरीले पौडेललाई केहीबेर नियन्त्रणमा लिएर छोडेको थियो । त्यसकै विरोधमा अहिले यहाँ कांग्रेसले विरोध गरेको तरुण दल नवलपरासीका अध्यक्ष सूर्य गुरुङले बताए ।

प्रकाशित : मंसिर १८, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?