१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लमजुङमा कोरोनाबाट एकको मृत्यु

आश गुरुङ

लमजुङ — लमजुङमा कोरोनाबाट एक वृद्धको मृत्यु भएको छ । कोरोना संक्रमित लमजुङमै मृत्यु भएको यो पहिलो घटना हो ।

लमजुङमा कोरोनाबाट एकको मृत्यु

कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा रहेका बेंसीसहर नगरपालिका-९ का ९७ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको हो । आइसोलेसनमा रहेर समस्या भएपछि उपचारका लागि ल्याइएका वृद्धको उपचारको क्रममा मृत्यु भएको बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङले जनाएको छ ।

‘वृद्धमा कोरोना संक्रमण पोजेटिभ थियो । समस्या आएपछि बिहान अस्पताल ल्याएकोमा साँझ निधन भयो,’ अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले भने ।

उनका अनुसार परिवारका सबैमा कोरोना संक्रमण देखिएपछि वृद्धको सोमबार स्वाब लिएर पीसीआर परीक्षणका लागि पोखरा पठाइएको थियो । वृद्धमा बुधबार कोरोना पुष्टि भएको थियो ।

लमजुङका नागरिक यसअघि बाहिरी जिल्लामा उपचारका क्रममा ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : मंसिर १८, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?