कावासोतीमा कोरोनाले थप एकको मृत्यु

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको कावासोतीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–१४ का ७८ वर्षीय व्यक्तिको मंगलबार राति निधन भएको हो ।

कावासोतीमा कोरोनाले थप एकको मृत्यु

ती व्यक्ति जिल्ला अस्पताल डन्डामा पाँच दिनअघि उपचारका लागि भर्ना भएका थिए । उनमा निमोनियासमेत देखिएको अस्पतालले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट पूर्वी नवलपरासीमा २९ जनाको मृत्यु भइसकेको छ । संक्रमित २ हजारभन्दा बढी पुगेका छन् । जिल्लाको कोभिड अस्थायी अस्पताल रजहरमा उपचार गराएका ८ सय ३९ निको भइसकेका छन् । तीन सातायता कोरोना संक्रमण देखिएकाहरू होम आइसोलेसनमा बस्ने क्रम बढेको छ ।

प्रकाशित : मंसिर १७, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?