सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको चोरमारामा स्कुल बस र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका ३ जनामध्ये एकको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते

प्रहरीका अनुसार आज बिहान भएको दुर्घटनामा परेका ३५ वर्षीय सन्तबहादुर कुमालको उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको हो । उनी मध्यविन्दु नगरपालिका–१३ निवासी हुन । थुम्कीदेवी ब्राइट फ्युचर इंलिस बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्य २ जना गम्भीर घाइते भएका छन् ।

मध्यविन्दु नगरपालिका–९ बसन्तपुरको भित्री सडकखण्डमा ग १ क २४८३ नम्बरको स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको लु २० प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार दुर्घटनामा परी मध्यविन्दु १३ निवासी मनु विक र २६ वर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् । ठक्कर दिने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७७ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?