गण्डकी अस्पतालमा म्याग्दीकी सुत्केरीको मृत्यु

घनश्याम खड्का

म्याग्दी — श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि गण्डकी अस्पताल पुर्‍याइएकी मालिका गाउँपालिका–५ देविस्थानकी एक सुत्केरीको मृत्यु भएको छ ।

बेनी अस्पतालका अनुसार अक्सिजनको मात्र ह्वात्तै घटेपछि अक्सिजन दिएर थप उपचारका लागि पोखरा रिफर गरिएकी मालिका–५ की २२ वर्षीया मुना पुन बुढाथोकीको सोमबार दिउँसो गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटुवालका अनुसार लक्षणको आधारमा मृतकमा कोरोना संक्रमण आशंका गरिएको र मृत्युपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको छ ।

गत कात्तिक ६ गते पोखराको गण्डकी अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएकी बुढाथोकी १५ दिनपछि रिफर भइ घर आएकी बुढाथोकीलाई श्वासप्रश्वासमा समस्या भएपछि आइतबार राति प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ ल्याइएकी बुढाथोकीलाई सोमबार बिहान १० बजे बेनी अस्पताल ल्याइएको थियो ।

प्रकाशित : मंसिर १५, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?