२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, पाँच जना घाइते

घनश्याम खड्का

म्याग्दी — मंगला गाउँपालिका–२ काफलचोकमा आइतबार जिप सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ११ वर्षीया करिस्मा केसी छिन् ।

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, पाँच जना घाइते

बिहान ११ बजेतिर भएको उक्त दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार चालकबाहेक सबै पाँचै यात्रु एकै परिवारका हुन् । सोही वडाको सल्यानतर्फ जाँदै गरेको प्रदेश२ ०३–००१ च ०२५३ नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको हो । घाइतेहरूलाई थप उपचारका लागि सदरमुकाम बेनी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७७ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?