गोरखामा कोरोनाले थप एकको मृत्यु

हरिराम उप्रेती

गोरखा — गोरखा अस्पतालमा उपचाररत एक संक्रमितको शुक्रबार मृत्यु भएको छ । आईसीयूमा उपचाररत गोरखा नगरपालिका–६ की ७५ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको हो । 

गोरखामा कोरोनाले थप एकको मृत्यु

अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार मंसिर ८ गते आकस्मिक कक्षमा भर्ना भएकी ती महिलालाई ९ गते संक्रमण पुष्टि भएको थियो । ‘उहाँ दस महिनादेखि हिँडडुल गर्न नसक्ने भएर ओछ्यान पर्नुभएको रहेछ, अस्पताल आउँदा कमजोर र निमोनियाले ग्रस्त हुनुहुन्थ्यो,’ उनले भने ।

प्रकाशित : मंसिर १३, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?