कास्कीमा बलात्कार प्रयास आरोपमा युवा पक्राउ

प्रतीक्षा काफ्ले

गण्डकी — ७१ वर्षीया वृद्धालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा कास्की प्रहरीले ३४ वर्षीय युवालाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका–१९ पुरन्चौरका घनश्याम गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए ।

कास्कीमा बलात्कार प्रयास आरोपमा युवा पक्राउ

उनका अनुसार मंगलबार राति १० बजेको समयमा एक्लै रहेकी वृद्धालाई उनकै घरभित्र प्रवेश गरेर बलात्कार प्रयास गरेका थिए ।

गिरीलाई बुधबार पक्राउ गरी जबरजस्ती करणी उद्योग कसुरमा बिहीबार जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरिएको डीएसपी हमालले जानकारी दिए । वृद्धा सोही वडाकी हुन् ।

परिवारमा अन्य सदस्य भए पनि वृद्धा भने एक्लै छुट्टै घरमा बस्दै आएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १२, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?