१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

किर्ते नागरिकता प्रकरणमा वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी

प्रकाश बराल

बागलुङ — जिल्ला अदालत बागलुङले किर्ते नागरिकता सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । अभिभावक फेरेर एकै व्यक्तिले दोहोरो नागरिकता लिँदा किर्ते कागजात बनाएको प्रमाणित भएपछि अदालतले पक्राउ पुर्जी दिएको हो ।

बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसीसहित ५ जनालाई पक्राउ गर्न अदालतले बिहीबार पुर्जी दिए पनि केसी पक्राउ परेका छैनन् । वडा सचिव प्रेमबहादुर खड्का र किर्ते नागरिकताका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य मात्र पक्राउ परेका छन् । अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

बागलुङ–६ का पंकज सापकोटाले दुई वर्षअघि वडा नं. ४ बाट अभिभावकसमेत फेरेर किर्ते नागरिकता बनाएको खुलेको थियो । उजुरीपछि सापकोटालाई गत मंगलबार प्रहरीले पक्राउ गरेको थियो । सापकोटाको बयानपछि अदालतले सापकोटाका बाबु गुरुदत्त र स्थानीय महेन्द्र सापकोटालाई पनि पक्राउ पुर्जी जारी गरेको छ ।

प्रकाशित : मंसिर १२, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?