२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

नवलपरासीको जंगलमा गैंडा मृत फेला

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको एक सामुदायिक वनभित्र गैंडा मृत अवस्थामा फेला परेको छ ।

नवलपरासीको जंगलमा गैंडा मृत फेला

कावासोती नगरपालिका-१३ स्थित नमुना मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ५/६ महिनाको पोथी गैंडा मृत अवस्थामा फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर प्रमुख पशुपति अधिकारीले भाले र पोथी गैंडाबीच समागम हुने बेला बच्चा गैंडा आएपछि भाले गैंडाले हानेर बच्चा मरेको हुन सक्ने बताए ।

एक वर्षयता विभिन्न कारणबाट गैंडा मर्ने क्रम बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नवलपरासीमा यो समेत गरी चालू आर्थिक वर्षमा ५ वटा गैंडा मरेका छन् ।

प्रकाशित : मंसिर ११, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?