कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लमजुङमा तीन महिला उद्यमीलाई घरेलुको सम्मान

आश गुरुङ

लमजुङ — संघर्ष गरेर उद्यमी बन्न सफल ३ महिलालाई बेंसीसहरमा घरेलु तथा साना उद्योग विकास कार्यालयले सम्मान गरेको छ । जिल्लाका महिला उद्यमीमध्ये उत्कृष्ट ३ छनोट गरेर कार्यालयले छैटौं उद्योग दिवसको अवसरमा मंगलबार सम्मान दिएको हो ।

लमजुङमा तीन महिला उद्यमीलाई घरेलुको सम्मान

कार्यालयका प्रमुख उद्योग अधिकृत तोपलाल भुषालका अनुसार जिल्लामै पहिलोपटक महिला उद्यमीलाई कार्यालयले सम्मान गरेको हो । यो सम्मानले महिला उद्यमीमा अझ हौसला थपिने उनले दाबी गरे ।

बेंसीसहर नगरपालिका ८ मा सिलवाल हस्तकला ट्रेनिङ सेन्टर संचालन गर्दै आएकी पुण्यकुमारी सिलवाल, बेंसीसहर ३ बोहराबेंसीमा पुष्प व्यवसाय रोज नर्सरी संचालन गर्दै आएकी हुमादेवी गुरुङ र मध्यनेपाल नगरपालिका ६ भोर्लेटारमा रिभरसाइड ह्याण्डी क्राफ्ट उद्योग संचालन गर्दै आएकी अनिता गुरुङलाई सम्मान गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, घरेलु तथा साना उद्योग विकास कार्यलयका प्रमुख तोपलाल भुषालले उद्यमीलाई फूलमाला, दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरे । भुषालका अनुसार जिल्ला उद्योग प्रवर्द्धन समितिको निर्णय अनुसार उत्कृष्ट ३ जना महिला उद्यमी छनौट गरिएको थियो ।

प्रकाशित : मंसिर ९, २०७७ २३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?