कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दोहोरो नागरिकता लिने पक्राउ

बागलुङ

बागलुङ — अभिभावक फेरेर दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।बागलुङ नगरपालिका-६ का पंकज सापकोटालाई प्रहरीले सोमबार बेलुकी पक्राउ गरेको हो । 

दोहोरो नागरिकता लिने पक्राउ

उनले आफ्नो अभिभावकको नामबाट नागरिकता लिइसकेपछि बानपा-४ का अर्कै आमाबाबु खडा गरेर पनि नागरिकता लिएका थिए ।

उनले दोहोरो नागरिकता लिएको उजुरीपछि पक्राउ गरेर अनुसन्धान थालेको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

उनको नागरिकताका लागि सिफारिस गरेका वडा अध्यक्ष ध्रुवबहादुर केसीले भने कागजात पुगेकोले सिफारिस गरेको बताए । ‘हामी आउनु अघि नै जन्मदर्ता बनाएको रहेछ, सोही कागजातको आधारमा सिफारिस गर्न आएकोले गरेको थिएँ,’ वडाध्यक्ष केसीले भने, ‘मलाई फसाउन खोजिएको हो ।’

गलत काम गर्नेलाई भने कारबाही हुनुपर्ने उनले बताए । अदालतले जो जसलाई दोषी देखाउँछ सोही अनुसारको कारबाही एसपी श्रेष्ठले बताए ।

प्रकाशित : मंसिर ९, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?