बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कान्तिपुर संवाददाता

बागलुङ — घरमा कोही नभएको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

काठेखोला गाउँपालिकाका २६ वर्षीय होम केसीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । गत शुक्रबार बेलुकी केसीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । बालिकाले रोइकराइ गरेपछि परिवारका सदस्यले थाहा पाएका थिए । परिवारका सदस्यहरु बालिकाको उद्धारमा पुग्दा ती युवक भागेको पीडितका आफन्तले बताए ।

प्रहरीले केसीविरुद्ध आइतबार जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरेको छ । ‘परिवारका सदस्यले दबाब आयो पनि भनिरहनु भएको छ, हामीले कानून बमोजिम कारबाही गर्छौं,’ रेग्मीले भने, ‘पीडितलाई समस्या आएमा थप सुरक्षा दिन पनि प्रहरी तयार छ ।’ पक्राउ परेका युवालाई म्याद थप गरेर अनुसन्धान र कारबाही पक्रिया अगाडि बढाइने उनले बताए । पीडित बालिकाको स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरिसकिएको छ ।

प्रकाशित : मंसिर ७, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कारविरुद्धको कानुन कडा पार्ने अध्यादेश मन्त्रिपरिषद‌्‌बाट पारित

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ । बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्नेसम्बन्धी अध्यादेश मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

मन्त्रिपरिषद्‌को आइतबारको बैठकबाट पारित उक्त अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको एक मन्त्रीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि बलात्कारसम्बन्धी कानुन कडा बनाउने बताएका थिए ।

कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्‍मा पेस गरेको थियो । राष्ट्रपतिबाट आजै उक्त अध्यादेश जारी हुन सक्ने पनि ती मन्त्रीले जानकारी दिए ।

प्रकाशित : मंसिर ७, २०७७ १३:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×