कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गोरखा नगरपालिकाका विद्यालय मंसिर १५ गतेसम्म बन्द

हरिराम उप्रेती

गोरखा — शिक्षक कर्मचारीमा कोरोना देखिएपछि गोरखा नगरपालिका क्षेत्रका विद्यालय मंसिर १५ गतेसम्म बन्द गरिएको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गरेर विद्यालय बन्द गरिएको गोरखा नगरपालिकाले शनिबार सूचना जारी गरी जनाएको छ ।

गोरखा नगरपालिकाका विद्यालय मंसिर १५ गतेसम्म बन्द

नगर क्षेत्रका मात्र सात जना शिक्षकमा कोरोना पुष्टि भइ आइसोलेसनमा छन् । कोरोना पुष्टि भएका पाँच शिक्षक भने निको भइसकेका छन् । समुदायस्तरका ब्यक्ति तथा शिक्षकहरुमा समेत संक्रमण देखिएपछि जोखिम बढ्न सक्ने संभावनालाई मध्यनजर गरेर सावधानी अपनाइएको नगरपालिकाको शिक्षा शाखाका स्रोत शिक्षक धुव्र अर्यालले बताए । ‘वैकल्पीक सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयलाई पनि सिकाइ केन्द्र मानेर सिकाइ सहजीकरण भएको थियो,’ उनले भने,‘जोखिम बढेपछि प्रत्यक्ष सिकाइ सहजीकरण बन्द गरेका हौं ।’

गोरखा नगरपालिकाका अनुसार नगर क्षेत्रमा शिक्षक, कर्मचारी र समुदायस्तरका गरी हाल ६५ जना सक्रिय संक्रमित छन् । कन्ट्र्याक्ट ट्रेसिङमार्फत कोरोना परीक्षण गरी स्थितिलाई सामान्य अवस्थामा ल्याउन विद्यालय बन्द गरेर सतर्कता अपनाइएको हो ।

गोरखा नगरपालिकामा ४९ सामुदायिक, १८ संस्थागत र १० धार्मिक विद्यालय छन् ।

प्रकाशित : मंसिर ६, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?