नगदसहित जुवाडे पक्राउ
नवलपरासी — पूर्वी नवलपरासीको देबचुलीमा जुवाको खालबाट ५ जना पक्राउ परेका छन् । शनिबार दिउँसो देबचुली नगरपालिका ११ कैलाश चोकको एक घरबाट ८० हजार नगदसहित ५ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरीका डिएसपी मोहन खांणका अनुसार जुवा खेल्दै गरेको सूचनाका आधारमा छापा मार्दा स्थानीय ५ जना पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा ल्याइएको छ ।
गत दुई महिनाको अवधिमा पूर्वी नवलपरासीका विभिन्न स्थानबाट दुई दर्जन जुवाडे पक्राउ परिसकेका छन् ।
प्रकाशित : कार्तिक २९, २०७७ १६:१४प्रतिक्रिया