कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नगदसहित जुवाडे पक्राउ 

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको देबचुलीमा जुवाको खालबाट ५ जना पक्राउ परेका छन् । शनिबार दिउँसो देबचुली नगरपालिका ११ कैलाश चोकको एक घरबाट ८० हजार नगदसहित ५ जना पक्राउ परेका हुन् ।

नगदसहित जुवाडे पक्राउ 

जिल्ला प्रहरीका डिएसपी मोहन खांणका अनुसार जुवा खेल्दै गरेको सूचनाका आधारमा छापा मार्दा स्थानीय ५ जना पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा ल्याइएको छ ।

गत दुई महिनाको अवधिमा पूर्वी नवलपरासीका विभिन्न स्थानबाट दुई दर्जन जुवाडे पक्राउ परिसकेका छन् ।

प्रकाशित : कार्तिक २९, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?