हुवास बजार एक साताका लागि सिल

अगन्धर तिवारी

पर्वत — दस जनामा संक्रमण पुष्टि भएपछि पर्वतको पैंयु गाउँपालिका एक साताका लागि सिल गरिएको छ । स्थानीय विपत व्यवस्थापन समितिको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरि एक साता पैंयुको हुवास बजार सिल गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार गाउँपालिकाको मुख्य भीडभाड हुने क्षेत्रमा मंसिर २ गते राति १२ बजेसम्म सिल गर्ने निर्णय भएको हो । उनका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा दस जनामा संक्रमण पुष्टि भएको हो । पौडेलका अनुसार सर्वसाधारणको बढी भीडभाड हुने क्षेत्र डुंड, अर्थुन, हातेमालोचोक, त्रिवेणी, मर्दीखोला, हुवास र भोर्ले बजार सिल गर्ने निर्णय भएको छ ।

यी क्षेत्रमा अत्यावस्यक सामान किनमेल गर्नुपरेमा बिहान ८ देखि ९ र बेलुका ४ देखि ५ बजे मात्र घरबाहिर निस्किन सर्वसाधारणलाई आग्रह गरिएको छ । खेतीपाती गर्ने किसानलाई खेतबारीमा काम गर्न भने रोक लगाइएको छैन । पैंयुमा हालसम्म १६ जना संक्रमित भएकोमा ४ जना पालिकाकै अस्थाइ कोरोना अस्पतालको आइसोलेसनमा छन् । ८ जना होम आइसोलेसनमा रहेको र ४ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : कार्तिक २६, २०७७ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?