१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बलात्कारविरुद्ध कालो पोसाक लगाएर गोरखामा किशोरीहरुको प्रदर्शन

हरिराम उप्रेती

गोरखा — बलात्कारविरुद्व कालो पोसाक लगाएर किशोरीहरुले गोरखा सदरमुकाममा प्रदर्शन गरेका छन् । उनीहरुले कालोपट्टि, कालो मास्क र कालै पहिरन लगाएका थिए । 

बलात्कारविरुद्ध कालो पोसाक लगाएर गोरखामा किशोरीहरुको प्रदर्शन

पछिल्लो समय बलात्कारका घटना बढ्दै गएकोममा चिन्ता जनाउँदै उनीहरुले 'अझै कति सहने', 'स्टप रेप', 'घरभित्रै पनि होसियार', 'हामी चुप कहिलेसम्म' लगायतका नारा लेखिएका प्लेकार्डसहित हरमटारी चोकमा प्रदर्शन गरे ।

बलात्कारका घटना बढे पनि दोषीलाई कारबाही हुन नसकेको प्रदर्शनमा सहभागी सुमित्रा मग्रातीले बताइन् । ‘गोरखामा पहिलो पटक बलात्कारविरुद्ध कार्यक्रम गरेका हौं,’ उनले भनिन्,‘पीडितलाई न्याय र पीडकलाई कारबाहीका लागि दबाब दिन पनि यो कार्यक्रमलाई अब निरन्तरता दिन्छौं ।’ पीडित १८ वर्षभन्दा माथिको भए जन्मकैद र १८ वर्ष मुनिको भए मुलुकी अपराध संहिता २०७४ बमोजिम आजीवन कारबास हुनुपर्ने उनले बताइन् ।

प्रकाशित : कार्तिक २२, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?