स्याङ्जामा एकै दिन १ सय ११ जना फरार अभियुक्त पक्राउ

प्रतीक्षा काफ्ले

स्याङ्जा — जिल्ला प्रहरी स्याङ्जाले एकै दिन १ सय ११ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न घटनामा संलग्न रही फरार रहेका उनीहरुलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

स्याङ्जामा एकै दिन १ सय ११ जना फरार अभियुक्त पक्राउ

उनका अनुसार ती सबैलाई बुधबारै जिल्ला अदालतमा हाजिर गराई सजाय भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको छ ।

पक्राउ पर्नेमा १४ जना महिला र ९७ जना पुरुष छन् । एसपी बोगटीका अनुसार उनीहरु कर्तव्य ज्यान, हाडनाता करणी, लागूऔषध, सवारी ज्यान, चेक अनादर, अंशबन्डा, सम्बन्ध विच्छेद, कुटपिट र लुटपाट मुद्दामा संलग्न थिए ।

यसभन्दा अघि स्याङ्जा प्रहरीले एकै दिन ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो । ‘कोरोना महामारीका बेला फरार अभियुक्त पनि घरमा आउने भएकाले उनीहरूको खोजीमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ,’ बोगटीले भने, ‘एकै दिनमा यति ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गर्नु ठूलो सफलता हो ।’

प्रकाशित : कार्तिक २०, २०७७ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?