बेनीमा फेरि एक हप्ता लकडाउन- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेनीमा फेरि एक हप्ता लकडाउन

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका क्षेत्रमा एक साता पुन: लकडाउन गरिएको छ । जिल्ला सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८० वर्षीय वृद्धको दसैंकै बीचमा बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएपछि लकडाउन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो सूचना प्रकाशन गरी बेनी नगरपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गर्ने सेवा, सदरमुकाम बेनीस्थित सबै बैंक, वित्तीय संस्था, सरकारी कार्यालयबाट प्रदान गर्ने सेवाहरु समेत शुक्रबार राति १२ बजेदेखि एक हप्ताका लागि बन्द गरेको जनाएको छ । बेनी नगरपालिका, सुरक्षा समिति, उद्योग वाणिज्य संघ समेतका आग्रहमा जिल्ला प्रशासनले लकडाउन गरेको जनाएको छ ।

अति आवश्यक सेवा र वस्तु (अस्पताल, औषधि पसल २४ सै घण्टा)का सबै पसल बिहान ८ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । आवश्यक सुरक्षा तथा स्वास्थ्य मापदण्ड अपनाई अति जरुरी कामबाहेक कसैले पनि घर बाहिर ननिक्लन आग्रह गरेको छ ।

प्रकाशित : कार्तिक १४, २०७७ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्

धापासीमा छुरा प्रहार गरी युवकको हत्या

कान्तिपुर संवाददाता

काठमाडौँ — धापासीमा छुरा प्रहार गरी युवकको हत्या भएकाे छ । तनहुँ घर भइ हाल धापासीमा बस्दै आएका २५ वर्षीय आशिष मगरको छुरा प्रहार गरी हत्या भएको हो । मगरले वाल पेन्टिङ गर्ने काम गर्दै आएका थिए ।

हत्या आरोपमा प्रहरीले दिवस अधिकारी, रवि थापा मगरललाई पक्राउ गरेको छ । आरोपित अन्य दुई जना अझै फरार छन् ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले फरारको खोजी कार्य जारी रहेको र पक्राउ परेकासँग सोधपुछ भइरहेको जनाए ।

छुरा प्रहारबाट ज्यान गुमाएका मगरको शव त्रिवि शिक्षण महाराजगन्जमा राखिएको छ ।

प्रकाशित : कार्तिक १४, २०७७ १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×