१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

हत्या आरोपमा स्याङ्जामा ४ जना पक्राउ

प्रतीक्षा काफ्ले

स्याङ्जा — जिल्ला प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–६ बछिनडाँडा टक्सारका ३३ वर्षीय टाउके भनिने इन्द्रजित गुरुङ, ३४ वर्षीय गिरेप्रसाद गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

हत्या आरोपमा स्याङ्जामा ४ जना पक्राउ

विजया दशमीको दिन दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरिस्वरातर्फ मोटरसाइकलमा होहल्ला गर्दै गएका युवाको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाले एक्कासि आक्रमण गर्दा दुवै पक्षबीच कुटपिट भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार बोतल, बासको भाटा, लाठी र ढुंगा प्रहारबाट पुरिस्वराका २९ वर्षीय सूर्यबहादुर गुरुङको मृत्यु भएको थियो । घाइते भएका उनलाई उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा बुधबार राति मृत्यु भएको प्रहरीले बताएको छ ।

सोही दिन प्रहरीले चारैजनालाई पटक–पटक गरी पक्राउ गरेको जनाएको छ । चारै जनालाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको काम भइरहेको डीएसपी अधिकारीले बताए ।

प्रकाशित : कार्तिक १४, २०७७ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?