१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कोरोनाबाट स्याङ्जाका एक जनाको मृत्यु 

प्रतीक्षा काफ्ले

स्याङ्जा — कोरोना भाइरसका कारण शुक्रबार पोखरामा एक जनाको मृत्यु भएको छ ।

कोरोनाबाट स्याङ्जाका एक जनाको मृत्यु 

स्याङ्जाको वालिङ नगरपालिका–५ का ७० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । कात्तिक ९ गते संक्रमण भएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

डा. आचार्यका अनुसार ती पुरुषको शुक्रबार बिहान ८ बजेर ३५ मिनेट जाँदा मृत्यु भएको हो । उनी निमोनिया, रक्तअल्पता, क्षयरोगलगायतका रोगबाट ग्रस्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।


प्रकाशित : कार्तिक १४, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?