कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३५१ विद्यालय भवन निर्माण

रासस

वालिङ — भूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३ सय ५१ विद्यालय भवन निर्माण भएको छ । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त जिल्लाका ३ सय ५१ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्याङ्जाका प्रमुख रामप्रसाद आचार्यले बताए ।

भूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३५१ विद्यालय भवन निर्माण

आर्थिक वर्ष २०७३/०७४ देखि आर्थिक वर्ष २०७६/०७७ को अन्तिमसम्ममा जिल्ला शिक्षा कार्यालय स्याङ्जा र पुनर्निर्माण प्राधिकरण शिक्षाद्वारा २ सय ७५ वटा विद्यालयका ३ सय ५१ वटा भवन निर्माण सम्पन्न गरिएको प्राधिकरण शिक्षाका प्रमुख आचार्यले बताए ।

'एकाइ (शिक्षा) कार्यालय स्थापना नहुँदै शुरुका दिनमा जिल्ला शिक्षा कार्यालय स्याङ्जाबाट विद्यालय भवन निर्माण तथा मर्मतको काम हुने गरेका थिए', कार्यालय प्रमुख आचार्यले भने, 'कार्यान्वयन एकाइ स्थापनासँगै विद्यालय व्यवस्थापन समितिमार्फत हाल विद्यालय भवनहरु निर्माण तथा मर्मतका काम जारी छन् ।' स्याङ्जाका एक हजार ३ सय ७१ वटा कक्षा कोठा मर्मत तथा नयाँ निर्माण गरिएको हो ।

स्याङ्जामा चार वटा भवन साउदी सरकारको अनुदानमा निर्माण भएका हुन् भने बाँँकी सबै प्राधिकरणमार्फत बनेका हुन् । प्राधिकरणमार्फत विद्यालय भवनहरु निर्माण तथा मर्मतसँगै आवश्यकताका आधारमा शौचालय निर्माण र खानेपानीको ब्यवस्थापन समेत मिलाइएको जनाइएको छ ।

प्रकाशित : कार्तिक १२, २०७७ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?