कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चिर्पटले हानेर श्रीमतीको हत्या

घनश्याम खड्का

म्याग्दी — मालिका गाउँपालिका–२ रुमका ओमबहादुर दर्जीले (४२)ले आइतबार राति ९ बजेतिर श्रीमती रिमा दर्जीको टाउकोमा चिर्पटले हानेर हत्या गरेका छन् ।

चिर्पटले हानेर श्रीमतीको हत्या

प्रहरीका अनुसार मदिरा सेवनपछि विवाद हुँदा ओमबहादुरले श्रीमतीको टाउकोमा चिर्पट प्रहार गर्दा रिमाको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्यापछि घरमा एक्लै रहेका ओमबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको तथा मृतकको शव पोस्टमार्टमका लागि सदरमुकामस्थित बेनी अस्पतालमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

दर्जीले छोराछोरी छिमेकीको घरमा गएको अवस्थामा घरमा श्रीमान–श्रीमती मात्र रहेको बेला हत्या गरेका थिए । छिमेकीको घरबाट छोराछोरी घरमा फर्कंदा आमा मृत अवस्थामा फेला पारेपछि छिमेकीलाई खबर गरेका थिए ।

‘प्रहरीसँगको प्रारम्भिक बयानमा श्रीमती रिमाले अधिक मदिरा सेवन गरी घर झगडा गरिरहने, अभद्र व्यवहार देखाउने, बाटैमा पल्टने समेतका हर्कतले गर्दा विवाद भएको र रिसको आवेगमा चिर्पटले हान्दा मृत्यु भएको भनेको भनेका छन्’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘छोराछोरी छिमेकी/आफन्तको घरको घरमा श्रीमान श्रीमती मात्र रहेको अवस्थामा हत्या भएको छ । मदिरा नै मुख्य कारण देखिएको छ ।’

प्रकाशित : कार्तिक १०, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?