गैंडाकोटका कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोटका कोरोना संक्रमित पुरुषको आइतबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

गैंडाकोटका कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईका अनुसार गैडाकोट-५ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आइतबार मृत्यु भएको हो ।

ती पुरुष लामो समयदेखि मुटुमा समस्या आएर उपचाररत थिए । कात्तिक ६ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : कार्तिक ९, २०७७ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?