कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

काकाको हत्या आरोपित पक्राउ

कान्तिपुर संवाददाता

गण्डकी — आफ्नै काकाको हत्या आरोपितलाई प्रहरीले ६ महिनापछि पक्राउ गरेको छ ।

काकाको हत्या आरोपित पक्राउ

ओखलढुंगाको सुनकोसी गाउँपालिका–५ घर भई पोखरामा ज्यालामजदुरी गर्दै आएका इन्द्रबहादुर तामाङ आइतबार पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले लमजुङको मध्यनेपाल–२ सोतीपसलबाट पक्राउ गरेको हो ।

पोखरा–२० मजुवाबिसौना विजयपुर कोट पर्यटकीय पैदलमार्ग निर्माणको काम गर्दै आएका उनका काका टंकबहादुर वैशाख २१ मा मृत फेला परेका थिए । आफूले हत्या गरेको इन्द्रबहादुरले स्विकारेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

प्रकाशित : कार्तिक ४, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?